युक्रेनी राष्ट्रपतिको गलेको स्वर : रुसी आक्रमणका कारण केही भूभाग छाड्नुपर्यो

युक्रेनी राष्ट्रपतिको गलेको स्वर : रुसी आक्रमणका कारण केही भूभाग छाड्नुपर्यो

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको पूर्वी भागमा रहेका केही भू–भाग रुसी आक्रमणपछि छाड्न परेको स्वीकारेका छन् । जेलेन्स्कीले पूर्वी क्षेत्र डोनबासमा रुसी सेनाको आक्रमण थेग्न नसकेर केही भू–भाग छाड्न परेको यथार्थ खोलेका हुन् ।

त्यसरी युक्रेन पछाडि हटेको क्षेत्रलाई रुसले कब्जामा लिएको छ ।

तर उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सैन्य गठबन्धन प्रमुखले भने रुसलाई युद्धमा विजय हुन नदिन सबै बल प्रयोग गरिने बताएका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रसिप तैएप एर्दोगानबीच आज रुसी सहर सोचीमा भेटवार्ता हुँदैछ ।

टिप्पणीहरू