गठबन्धन बैठकमा तानातानकाे सम्भावना बढ्याे

गठबन्धन बैठकमा तानातानकाे सम्भावना बढ्याे

मन्त्रिपरिषद्को हिजोको बैठकले आगामी मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेलगत्तै सत्ता–गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरूको बैठक डाकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान साढे ९ बजेदेखि बैठक बसेको छ ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेपछि आजको बैठकमा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल हुने अनुमान गरिएको छ । बैठकले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहनेबारे आवश्यक निर्णय गर्ने छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले चुनावी भागबन्डामा आफूले धेरै सिट पाउनु पर्ने माग गर्दै आएको छ । काँग्रेस आफूलाई सहज बहुमत पुग्ने जोड घटाउमा लागेको देखिन्छ । अन्य सत्ता साझेदार दल भने काँग्रेसलाई गलाउँदै जतिसक्दो धेरै सिट आफ्नो भागमा पार्ने दाउमा देखिन्छन् ।

टिप्पणीहरू