सजाय ठहर भएपछि भागेका अनुप थापाथलीमा भेटिए

सजाय ठहर भएपछि भागेका अनुप थापाथलीमा भेटिए

बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी डेढ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्ने मकवानपुर घर भई हाल काठमाडौंस्थित बालुवाटार बस्ने अनुप राजथला हुन् ।

उच्च अदालत पाटन, ललितपुरबाट मुद्दा नम्बर ०७८–सिबी–०९६७ मा भएको फैसलाले १२ लाख जरिवाना,चार दिन कैद र ४८ हजार क्षतिपूर्ति तोकेपछि उनी फरार थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उनलाई थापाथलीबाट समातेको हो । हाल उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत,लगनखेल पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू