एमसीसीको माहोल बनाएका चीनविरोधी सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

एमसीसीको माहोल बनाएका चीनविरोधी सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त

निर्वाचनको मिति घोषणा गरेर कामचलाउमा परिणत हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र सल्लाहकार नियुक्त गर्नुभएको छ ।

राजनीतिक विश्लेषक भनेर चिनिएका अरुण सुवेदीलाई आज बसेको क्याबिनेट बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो । पूर्व धनकुटा पुर्ख्यौली घर भएका सुवेदी परराष्ट्र मामिलाबारे बेलाबखत राखिने धारणाको कारण विवादमा पर्दै आएका पात्र हुन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्ने उनको धारणा सर्वाधिक विवादमा परेको छ । उनीमाथि खुलेआम पश्चिमा शक्तिको समर्थनमा बोल्ने गरेको आरोपसमेत छ ।

यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको संसदीय अनुमोदनलाई लिएर राजनीतिक दल, नागरिक समाज,बौद्धिक समुदायभित्र चर्को बहस हुँदा सुवेदीले एमसीसीको पक्षमा धुँवादार वकालत गरेका थिए । अहिले उनलाई त्यसवापत महत्वपूर्ण नियुक्ति प्राप्त भएको कांग्रेसका एक नेताले बताए ।

टिप्पणीहरू