चिनियाँ नागरिक अपहरणमा न्यायाधीशको अङ्ग रक्षक र घुमुवा प्रहरी संलग्न

चिनियाँ नागरिक अपहरणमा न्यायाधीशको अङ्ग रक्षक र घुमुवा प्रहरी संलग्न

काठमाडौँमा हिजो चिनियाँ नागरिकलाई अपहरण गरेको घटनामा समातिएका छमध्ये दुई जना प्रहरी नै रहेको खुलेको छ । जसमध्येका एक न्यायाधीशको पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) रहेको प्रहरीले बताएको छ ।

पिएसओ भनिएका ३७ वर्षीय कर्णबहादुर गुरुङ र बालाजु वृत्तमा कार्यरत घुमुवा प्रहरी शिव सुनारको घटनामा संलग्नता देखिएको छ । न्यायाधीशको नाम भने प्रहरीले खुलाएको छैन ।

पक्राउ परेका बाँकी चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ,२९ वर्षीय रोहित मगर,२८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी रहेका छन् । उनीहरूले हिजो राति चिनियाँ नागरिकलाई दरबारमार्गबाट अपहरण गरेर गोङ्गबुमा बन्धक बनाई राखेका थिए।

अपहरणकारीले ती चिनियाँ नागरिकसँग एक करोड फिरौती माग्नुका साथै आठ लाख रुपैयाँ र २७ थान मोबाइल लुटेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि घटनाबारे खुलासा भएको हो ।

टिप्पणीहरू