क्याबिनेट बैठक जारी,चुनावको मिति सुनाएर कार्की फिर्ता

क्याबिनेट बैठक जारी,चुनावको मिति सुनाएर कार्की फिर्ता

सरकारले आगामी मङ्सिर ४ गते संघीय तथा प्रादेशिक निर्वाचन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जारी क्याबिनेट बैठकले भर्खरै यो निर्णय गरेको हो ।

बैठकको बीचमै केहीबेर बाहिर निस्कनुभएका सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने निर्णय भएको जानकारी गराउनु भयो ।

जारी बैठककै वीचमा चुनावबारे निर्णय सुनाउन मन्त्रिपरिषद कार्यालय बाहिर निस्कनुभएका मन्त्री कार्की लगत्तै माथि उक्लनु भएको छ । अन्य मन्त्रीहरु भने त्यहाँबाट बाहिरिएका छैनन् । नियुक्तिलगायतका थुप्रै निर्णय हुन बाँकी नै छ ।

टिप्पणीहरू