भन्सार छलेर ल्याइएका लाखौंका स्टेशनरी बेवारिसे अवस्थामा

भन्सार छलेर ल्याइएका लाखौंका स्टेशनरी बेवारिसे अवस्थामा

कैलालीमा भन्सार छलेर भारतबाट ल्याइएका स्टेशनरी समानको बिगबिगी बढेको छ । प्रहरीले हिजो त्यस्तो सामाग्री बरामद गरेको छ । धनगढी उपमहानगरपालिका ४, चटकपुरबाट प्रहरीले करिब चार लाख मूल्य बराबरका स्टेशनरी समान बरामद गरेको बताइन्छ ।

बरामद भएका स्टेशनरीमा फोटोकपी पेपर ३८ पेटी, इन्स्ट्रुमेण्ट बक्स ४७० थान, इरेजर ४५ केजी, स्टेपलर ५५ थान, थमपिन १०० पिस, मार्कर एक हजार एक सय ८० थान, पेन्सिल कलर १ पेटी, टिपेक्स ५८० थान, सिसाकलम ३०० थान, गिफ्ट पेपर १० पाकेट, लेमिनेशन रोल २०० थान छन् ।

यसैगरी चक ९० केजी, कलम तीन हजार नौ सय थान, खाम २९ केजी, फुटबल ५ थान, रेकर्ड फायल पाँच हजार सात सय पचास थान, कैँची २५ पाकेट, ग्राफ पेपर १०० थान र लेमिनेशन पौच २०० थान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेवारिसे अवस्थामा भेटिएको उक्त स्टेशनरी समानलाई आज भन्सार कार्यालय कैलालीमा पठाइएको छ ।

टिप्पणीहरू