महँगीविरुद्ध एमाले काठमाडौँको हस्ताक्षर अभियान

महँगीविरुद्ध एमाले काठमाडौँको हस्ताक्षर अभियान

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध तीन दिने हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । एमाले काठमाडौँको अगुवाइमा भोलिदेखि आइतबारसम्म हस्ताक्षर संकलन अभियान हुने बताइएको छ ।

‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको हैन माफियाको सरकार’ भन्ने नारासहित दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धिविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गर्न लागिएको पार्टीको दाबी छ ।

हिजो मात्रै एमाले निकट भ्रातृ सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गर्नु पर्ने माग राख्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको थियो ।

टिप्पणीहरू