म्यानमारमा जन्मियो दुर्लभ सेतो हात्ती

म्यानमारमा जन्मियो दुर्लभ सेतो हात्ती

म्यानमारको प्राकृतिक स्रोत तथा वातावरण संरक्षण मन्त्रालयले मंगलवार राखिन राज्यको तौङगुप टाउनसिपमा एउटा दुर्लभ सेतो हात्ती जन्मेको जानकारी दिएको छ।

जुलाईको २३ तारिखमा जन्मिएको करिब १८० पाउण्ड तौल भएको सेतो हात्तीको छावाको काँधको उचाइ दुई फिट पाँच इन्च,शरीरको घेरा तीन फिट एक इन्च, पछाडिको लम्बाइ दुई फिट र एक फिट रहेको त्यहाँको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू