रक्सीको करामत,आफ्नै कोठामा चुरोटको ठुटोले आगो दनदनी

रक्सीको करामत,आफ्नै कोठामा चुरोटको ठुटोले आगो दनदनी

आज साँझ भक्तपुरको सुडालस्थित एउटा घरमा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका ८ सुडालस्थित प्रहरी चौकी नजिकै सविन दुलालको घरमा आगो लागेको हो ।

आगलागीबाट साढे दुई तल्ले पक्की घरको दोस्रो तल्लाको आफ्नै कोठा जलेको छ । साँझ ८ बजेतिर सविनले मादक पदार्थ सेवन गरेर चुरोटको ठुटो डसना,सिरकमा झोसेर बाहिर निस्केका थिए ।

त्यसको केही बेरमा उक्त कोठाको सम्पूर्ण सामान जलेर खरानी भएको बताइन्छ । आगलागीबाट अन्दाजी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीय,नेपाल प्रहरी र भक्तपुरको वारूणयन्त्रले आगो निभाएको छ ।

टिप्पणीहरू