हिजो रंगेहात समातिएका उपसचिवलाई आजै कोरोना,अस्पतालतिर कुदाइँदै

हिजो रंगेहात समातिएका उपसचिवलाई आजै कोरोना,अस्पतालतिर कुदाइँदै

हिजो पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई १४ घण्टामै कोरोनाले भेटेको छ । हिजो अपरान्ह नक्सालको हात्तिसारस्थित एउटा होटलबाट उनलाई अख्तियारको टोलीले घुसबापत सँकलित २२ लाखको बिटोसहित समातेको थियो । उनैलाई आज कोरोना पुष्टि भएपछि उपचारको लागि अस्पताल लैजान लागिएको छ।

अख्तियारको हिरासतमा राख्दा अरुलाई पनि कोरोना सर्ने डरले अस्पताल दौडाउन लागिएको सुरक्षा स्रोतले बताएको छ । अब न्यूनतम सात दिन अस्पतालको आइसोलेसन वार्डमा राखिने भएकाले त्यहीँ चलखेलको सम्भावना छ । उनले भाग बुझाउनु पर्ने सहसचिव होम लुइँटेल र निवर्तमान सचिव महेश्वर न्यौपानेले पनि यसवीच उनलाई भेटेर,फोनमार्फत या मान्छे पठाएर वयान मिलाउन लगाउने खतरा अब झन बढेको छ ।

“अब न्यूनतम सात दिन अस्पतालको आइसोलेसन वार्डमा राखिने भएकाले त्यहीँ चलखेलको सम्भावना छ । उनले भाग बुझाउनु पर्ने सहसचिव होम लुइँटेल र निवर्तमान सचिव महेश्वर न्यौपानेले पनि यसवीच उनलाई भेटेर,फोनमार्फत या मान्छे पठाएर वयान मिलाउन लगाउने खतरा अब झन बढेको छ ।”

आजबाट बयान थालिएर हप्ता दिनभित्र मुद्दा दायर हुने विश्वास गरिएकोमा अब कोरोनाले धोका दिएको नाममा सोधखोज नै न्यूनतम सात दिन पर धकेलिएको छ । हिजो तत्काल बुझेको छ लाख र पछि उनले प्रयोग गरेको कार खानतलासी गर्दा अन्तैबाट सँकलित थप १६ लाख फेला परेको थियो । उक्त रकम मन्त्रालयका विभिन्न कर्मचारीहरुबीचको सेटिङमा उनले उठाएको आयोगको आशंका छ ।

सामान्यतयाः उपसचिवले सरकारी कार सुविधा पाउँदैनन् । तर हिजो घुस लिने क्रममा नेपालले सेतो नम्बर प्लेटको सवारी साधन प्रयोग गर्नुले पनि कर्मचारीको माथिल्लो तहसम्म उक्त कार्यमा संलग्नता रहेको अनुमान गरिएको छ । उनले प्रयोग गरेको सवारी साधनको सेतो प्लेटमा बा १ झ ९९४६ नम्बर उल्लेख छ ।

यसैबीच प्रमोदलाई उपचारको नाममा अस्पतालमा राखिँदा भेटघाटमा कडाइ नगरिए आयोगका कर्मचारीको हिजोको मेहनत खेर जाने सम्भावना उत्तिकै देखिन्छ । आयोगले यसअघिको जस्तो स्टिङ अपरेशन गरेको नभई हिजो रंगेहात फेला परेको घटनालाई कोरोनाको उपचारमा साँटफेर गरिए फेरि पनि ‘टायँ टायँ फिस्स’ को हालत नहोला भन्न नसकिने पर्यवेक्षकहरु बताउँछन् ।

टिप्पणीहरू