दैनिक संक्रमितको संख्या एक हजार नजिक

दैनिक संक्रमितको संख्या एक हजार नजिक

पछिल्लो २४ घण्टामा थप नौ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार दुई जनाको परीक्षणमा नौ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

तीन हजार ९१ जनाको पिसीआर परीक्षण गर्दा पाँच सय ९० र दुई हजार नौ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा तीन सय २५ जनामा संक्रमण देखिएको हो । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार चार सय ३३ पुगेको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय एक जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या पाँच हजार ४३३ पुगेको छ ।

टिप्पणीहरू