चुनावी मिति तोक्न बालुवाटारमा गठबन्धनको बैठक जारी

चुनावी मिति तोक्न बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।

दिउँसो ३ बजेदेखि शुरु बैठक अहिलेसम्म जारी छ । बैठक आगामी प्रदेश र संघको निर्वाचनको मिति तोक्नेमा केन्द्रित रहेको बुझिएको छ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।

गठबन्धन दलभित्र आगामी निर्वाचन मंसिर वा फागुनमा गर्नेबारे विवाद उत्पन्न भएको बताइएको छ । तर आयोग स्रोतले मंसिरभन्दा पछि र आगामी बैशाखअघि चुनाव हुने सम्भावना कम रहेको बताएको छ ।

टिप्पणीहरू