जनार्दनलाई बहुमतको आडमा चोख्याइयो : एमाले महासचिव

जनार्दनलाई बहुमतको आडमा चोख्याइयो : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई बहुमतको आडमा चोख्याइएको बताउनुभएको छ । आज दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘बहुमतले चोखो बनाए पनि जनताले सधैँ दोषी देख्नेछन्, तर पनि उनीहरुले चोख्याउने कोशिस गरेकै हुन्,’ पोखरेलले भन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका आर्थिक अपराधलाई लुकाउन अर्थमन्त्री शर्मालाई सुनपानी छर्केर चोखो बनाइएको उहाँको आरोप छ ।

यस वर्षको बजेट निश्चित व्यापारिक घरानालाई पोस्ने हिसाबले ल्याइएको बताउँदै उहाँले बजेट जनताको पक्षमा नरहेको पटक पटक दोहोर्याउनुभयो ।

टिप्पणीहरू