मोटरसाइकल रुखमा ठोक्किँदा दुई जना बिते

मोटरसाइकल रुखमा ठोक्किँदा दुई जना बिते

आज बिहान कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बाणगंगा –२, पिपराबाट लखनचोक जाँदै गरेको लु. ६४ प ५७६२ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किएको हो ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार मोटरसाइकल चालक वडा नम्बर २ निवासी २५ वर्षीय रमेश विक र पछाडी बसेका २७ वर्षीय गोपाल विकको ज्यान गएको हो ।

गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए पनि अस्पतालले दुबैलाई मृत घोषणा गरेको थियो ।

टिप्पणीहरू