मोबाइल चार्ज गर्दा करेन्ट लागेर बिते विपिन

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बिते विपिन

उदयपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका-६ गरमे बस्ने सिन्धुलीको दुधौली नगरपालिका-१४ का १९ वर्षीय बिपिन बिकको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मोबाइल चार्ज गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।

टिप्पणीहरू