चीनमा गुड्न थाल्यो आफै चल्ने कार

चीनमा गुड्न थाल्यो आफै चल्ने कार

हङकङ पारी चीनको दक्षिणी शहर सेन्जेनले आफ्ना केही सडकमा सोमबारदेखि पूर्ण रूपमा स्वायत्त सवारी साधन चल्न थालेका छन् ।

स्थानीय ट्राफिक व्यवस्थापन विभागले तोकेको क्षेत्रमा चालकरहित पूर्ण स्वायत्त सवारी साधन चल्न पाउने व्यवस्था गरिएको हो । विभागले कार दुर्घटना न्यूनिकरणनिम्ति चालकसहित वा चालकरहित दुवै किसिमको सवारी साधन प्रयोगमा लागु हुने नियमहरु पनि तोकेको छ।

सेन्जेनमा अवस्थित स्वायत्त ड्राइभिङ स्टार्ट-अप कम्पनी DeepRoute.ai ले सोमबार यसको सफल सडक परीक्षण सञ्चालन गरेको थियो जसमा एउटा चालकविहीन कारले करिब आधा घण्टामा ९.६ किलोमिटरको यात्रा पूरा गरेको छ ।

टिप्पणीहरू