हिजो खोलामा डुबेका किशोरको शव आज फेला

हिजो खोलामा डुबेका किशोरको शव आज फेला

झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–१ निवासी १८ वर्षीय उज्ज्वल खरेल साथीहरूसँग पौडी खेल्ने क्रममा कमल खोलामा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार उज्जवल कमल खोलामा हिजो दिउँसो २ बजे साथीहरूसँगै पौडी खेल्न गएका थिए । पौडी खेलिरहेका अन्य साथीहरू सकुशल बाहिर निस्किए पनि उनी खोलामै एकाएक बेपत्ता भएका हुन् ।

उनको खोजीमा १ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुर, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुनधुराको टोलीले आज बिहान साढे ८ बजे पानी मुनि डुबिरहेको अवस्थामा शव फेला पारेको हो ।

अहिले शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

टिप्पणीहरू