नागपञ्चमीमा सर्पलाई काँधमा हालेर र्‍याली

नागपञ्चमीमा सर्पलाई काँधमा हालेर र्‍याली

आज भारतमा अचम्मको र्‍याली निकालिएको छ । बिहारको बेयुसराय जिल्लामा स्थानीयले सर्प बोकेर र्‍याली निकालेका हुन् । स्थानीयले नागपञ्चमीको अवसरमा सर्प काँधमा हालेर हिँडेको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

र्‍यालीमा सहभागी सबैको हात र काँधमा सर्प देखिन्छ । उनीहरुले आफ्नो टाउकोभन्दा माथि लगेर सर्प झुन्डाएको पनि देखिन्छ । कसैले सर्पलाई आफ्नो घाँटीमा पनि बेरेका छन् ।

कतिपयले निडरताका साथ सर्पसँग फोटो खिचिरहेको दृश्य पनि देख्न सकिन्छ । उक्त र्यालीबारे अचम्म मान्दै एक जनाले भने, ‘सयौं मानिससँगै सयौं सर्पको भीड, त्यो पनि नागपञ्चमीका दिन ।’

टिप्पणीहरू