सरकारी अस्पताललाई एक सय ३३ वटा हेमोडाइलासिस मेसिन

सरकारी अस्पताललाई एक सय ३३ वटा हेमोडाइलासिस मेसिन

सरकारले झण्डै दुई दर्जन अस्पताललाई हेमोडाइलासिस मेसिन हस्तान्तरण गरेको छ । विभिन्न सरकारी अस्पताललाई एक सय ३३ वटा मेसिन वितरण गरिएको हो । आवश्यकताका आधारमा उक्त मेसिन वितरण गरिएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जनाएको छ ।

जसअनुसार कोशी अस्पताललाई छ, इलाम अस्पताललाई दुई, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०, जनकपुर प्रादेशिक अस्पताललाई तीन, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई पाँच, नारायणी अस्पताललाई पाँच सेट मेसिन उपलब्ध गराइएको हो ।

त्यस्तै, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले तीन, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले चार, भरतपुर अस्पतालले पाँच, त्रिवि शिक्षण अस्पतालले चार, नेपाल प्रहरी अस्पतालले चार, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २० सेट मेसिन पाएको छ ।

भेरी अस्पताललाई छ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०, राप्ती प्रादेशिक अस्पताललाई आठ, कर्णाली प्रादेशिक अस्पताललाई चार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छ, सेती प्रादेशिक अस्पताललाई चार, डडेलधुरा अस्पताललाई पाँच र गर्हौं प्राथमिक अस्पताललाई चार सेट मेसिन प्रदान गरिएको छ । यो मेसिन मिर्गौलाका बिरामीको उपचारमा प्रयोग गरिन्छ ।

टिप्पणीहरू