आज पनि आठ सयबढी संक्रमित, तीन सय निको

आज पनि आठ सयबढी संक्रमित, तीन सय निको

पछिल्लो २४ घण्टामा मुलुकभर थप आठ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार चार सय १५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार सात सय ६२ पिसीआर परीक्षणमा पाँच सय नौ र दुई हजार छ सय ५३ जनाको एन्टिजेन परीक्षणमा तीन सय पाँच जनामा संक्रमण देखिएको हो ।

आज थप दुई सय ९९ सय जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकभर कोरोना सक्रिय संक्रमितको संख्या पाँच हजार एक सय ४४ पुगेको छ ।

टिप्पणीहरू