झापामा तीन क्विण्टल सुपारी बरामद

झापामा तीन क्विण्टल सुपारी बरामद

झापामा तीन सय ३५ केजी सुपारी समातिएको छ । अवैध रुपमा भारततर्फ लैजाँदै गरिएको अवस्थामा उक्त सुपारी हिजो झापाका छुट्टाछुटै स्थानबाट नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा सुपारी चोरी निकासी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६, दुर्गा मन्दिरबाट एक सय ७५ केजी सुपारी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाबाट खटिएको टोलीले मेचीनगर–६, जेसिका ठ्याकबाट एक सय ६० केजी सुपारी बरामद गरेको हो ।

बरामद सुपारी आवश्यक अनुसन्धानका लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

तेस्रो मुलुकबाट आयात गरिएको सुपारी अवैध तवरले भारतमा निकासी गर्ने क्रम बढेको छ । केही दिन अघि विराटनगरमा यस्तै अवैध आठ ट्रक सुपारी बरामद भएको थियो ।

टिप्पणीहरू