उदयपुरमा खोलाले बगाउँदा एक जना बिते

उदयपुरमा खोलाले बगाउँदा एक जना बिते

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७, कुबिण्डेका ५० वर्षीय बौवा चापागाईं त्रियुगा खोला तर्ने क्रममा बगेका हुन् ।

हिजो साँझ मुर्कुची बजारबाट घर जाँदै गर्दा त्रियुगा खोला तर्ने क्रममा खोलाले बगाएको हो ।

चापागाईँलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ प्रहरी उद्धारको लागि खटिएको थियो । खोजतलास गर्दा करिब एक किलोमिटर तल चापागाईंलाई मृत अवस्थामा फेला पारेको बताइएको छ ।

घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टिप्पणीहरू