पार्कमा कारभित्र अश्लिल हर्कत गर्दागर्दै नेपाली युवक अष्ट्रेलियामा पक्राउ

पार्कमा कारभित्र अश्लिल हर्कत गर्दागर्दै नेपाली युवक अष्ट्रेलियामा पक्राउ

अष्ट्रेलियाको तास्मानियामा कारभित्र हस्तमैथुन गर्दागर्दै एक जना नेपाली युवक कानुनी लफडामा परेका छन् । उनलाई सार्वजनिक स्थलमा हस्तमैथुन गरेवापत कारवाही अघि बढाइएको छ ।

सार्वजिनकस्थलमा यौनजन्य क्रियाकलापलाई त्यहाँ गैरकानुनी मानिन्छ । आफ्नै कारभित्र बसेर आफ्नै यौनाङ्ग चलाउने २६ वर्षे नेपाली अहिले प्रहरी हिरासतमा छन् । सम्भवतः न्यून आम्दानी भएको र आफ्नी नेपाली वा विदेशी पार्टनर नभएको कारण उनले खर्च जोगाउने र मन भुलाउने काम गर्न खोज्दा यो लफडामा परेको अनुमान गर्नेहरु धेरै छन् ।

उनी सन् २०१५ मा अष्ट्रेलिया पुगेको र पटक पटक यस्तो हर्कत देखाएको भन्दै यसअघि पनि देश निकालाको पहल गरिएको थियो । तर कानुनी उपचारपछि त्यहीँ बस्न सफल भएको प्रहरीको भनाइ छ । उनी अष्ट्रेलियाका यौन अपराधीको सूचीमा परिसकेको पनि जानकारी दिइएको छ ।

उनका कानुन व्यवसायी र मनोचिकित्सकहरुले भने त्यहाँको तास्मानिया कम्युनिटी करेक्सनले लगाएको आरोप असत्य भएको बताएका छन् । “नेपाली युवकलाई अपराधीको श्रेणीमा राखिनु मानवीय दृष्टिकोणले अपमानजनक कार्य हो । अरुलाई असर नपर्ने गरी प्राकृतिक रुपमा यौन चाहना मेटाउनु मानिसको स्वाभाविक अधिकार रहेको” उनका वकिलको भनाइ छ ।

ती युवक उक्त घटना भएको बेला होबार्टमा खाना डेलिभरी गर्ने ड्राइभर थिए । उक्त दिन पनि बिहान सबेरै आफ्नो काम सकाएर गाडी लिई रोशनी पार्क पुगेका थिए । कोही पनि नजिक नभएको अनुमान लगाउँदै कारभित्र गरेको हस्तमैथुन अहिले उनको निम्ति घाँडो भएको हो ।

नजिकैका मानिसले कारभित्र नेपाली युवकले हस्तमैथुन गरेको अनुमानमा सम्बन्धित अधिकारी तथा प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरी र सरकारी अधिकारीहरु त्यहाँ पुग्दा उनी आनन्द मानेर आफ्नो काम गरिरहेका थिए । बाहिरका मानिसले केहीबेर गाडीको ढोका ढक्ढकाउँदा पनि उनी चुपचाप बसेको बताइन्छ ।

अहिले अदालतमा पुगेको उक्त घटनामा अब नेपाली युवकलाई यौन अपराधीमा दर्ज गरिन्छ वा गरिँदैन त्यो भने हेर्न बाँकी छ । अदालतले मनोविज्ञान चिकित्सकहरुको विस्तृत रिपोर्टको आधारमा आदेश दिने सम्भावना बढेको छ ।

टिप्पणीहरू