उत्कृष्ट गोलरक्षक घोषित किरणद्वारा एकाएक बिहेको प्रस्ताव

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले मालदिभ्सबाट धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकासमक्ष विवाह प्रस्ताव राखेका छन् । लिगको उपाधि जितेको खुशी मनाउँदै प्रेमिका कन्चन निरौलासँग विवाहको औपचारिक प्रस्ताव राखेका हुन् ।
किरण लिगको उत्कृष्ट गोलरक्षकसमेत भएका छन् । उपाधि उचालेर खुशियाली मनाइरहँदा सबैका सामुन्ने प्रेमिकालाई विवाह प्रस्ताव राखेका हुन् । किरणले उक्त क्षणको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कन्चन विमान परिचारिका हुन् । उनीहरूवीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको बताइन्छ ।
यता किरणले आफ्नो टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन सफल भएका छन् । उनी आबद्ध टोली च्याम्पियन बनेपछि किरणले दोस्रो पटक उत्कृष्ट गोलरक्षकको अवार्डसमेत हात पारेका छन् ।
टिप्पणीहरू