भारतीय सेना कतै फ्रान्ससँग,कतै भियतनाम र ओमानसँग

भारतीय नौसेनाले आन्ध्र महासागरमा फ्रान्ससँग मिलेर सामुन्द्रिक अभ्यास गरेको छ । गत शुक्रबार र शनिबार गरिएको अभ्यासमा भारतीय जलसेनाका आईएनएस तारकाशलगायत जहाजलाई सामेल गराइएको थियो ।
अभ्यासमा फ्रान्सेली फ्लीट ट्याङ्कर एफएनएस सोम्मे र तारकासले समुद्रमा नयाँ खालको अभ्यास गरेको बताइएको छ । त्यसपछि समुद्री निगरानी विमान फाल्कन ५० को साथ संयुक्त हवाई अपरेशन, धेरैवटा नक्कली मिसाइल र हवाई रक्षा युद्धाभ्यास गरिएको बताइएको छ ।
भारतीय रक्षा मन्त्रालयका अनुसार भारतीय नौसेनाको जहाज आईएनएस तारकासले यसअघि २६ जुलाईमा फ्लोरल क्लास कर्भेट,रोयल मोरक्कन नौसैनिक जहाज हसन दोस्रोसँग पनि सामुद्रिक साझेदारी अभ्यास गरेको थियो ।
अब भारतीय उक्त जहाज आगामी अगष्ट १५ का दिन स्वतन्त्रता दिवसमा राष्ट्रिय झण्डा फहराउन ब्राजिलको रियो दि जेनेरियो पुग्ने छ । यो जहाज रुसमा बनाइएको हो ।
यता तेस्रो भारत–भियतनाम द्विपक्षीय सैन्य अभ्यास ‘पूर्व भियतनाम द्विपक्षीय सेना अभ्यास–२०२२’ शुरु भएको छ । भियतनाम भारतको पूर्वी एसिया रणनीति र इन्डो–प्यासिफिक हिसाबले निकै महत्वपूर्ण सहयोगी हो ।
त्यसैगरी भारत र ओमानले हिजोदेखि १३ दिने संयुक्त सैन्य अभ्यास थालेका छन् ।
टिप्पणीहरू