करेन्ट लागेकीलाई बचाउन खोज्दा दम्पत्ति नै बिते

करेन्ट लागेकीलाई बचाउन खोज्दा दम्पत्ति नै बिते

दाङमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२, बाहुनेपाटाका २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगरको घरकी अर्की सदस्यलाई बचाउन खोज्दा करेन्ट लागेर ज्यान गएको हो ।

लुगा सुकाउने क्रममा जेठानीलाई करेन्ट लाग्दा बचाउन गएकी देउरानीलाई पनि करेन्ट लागेको थियो । श्रीमतीलाई पनि करेन्ट लागेपछि उनका श्रीमान् बचाउन गएका थिए ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार लुगा सुकाउने क्रममा भीमा गाहा मगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगिन् । तर बचाउन गएकी हिमालाई पनि करेन्ट लागेपछि उनका श्रीमान् वासुले तारमा लाठोले हिर्काएर श्रीमती बचाउने प्रयास गरेका थिए । तर बिजुलीको तार चुँडिएर करेन्ट वासुलाई पनि लाग्दा दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।

उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । सुरुमा करेन्ट लागेकी भीमा भने सकुशल छिन । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू