गभर्नर कार्यालयमा,केन्द्रीय बैंकका कर्मचारी मन्त्रालयमा

गभर्नर कार्यालयमा,केन्द्रीय बैंकका कर्मचारी मन्त्रालयमा

नेपाल राष्ट्र बैंकका एकथरि कर्मचारीले अर्थ मन्त्री जनार्दन शर्मालाई खादा लगाएर स्वागत गरेका छन् । अस्ति मन्त्रालयको जिम्मेवारी पुनः सम्हालेका शर्मालाई बैंकका माओवादी समर्थित कर्मचारीहरुले हिजो मन्त्रालय पुगेर स्वागत गरेका हुन् ।

अर्थमन्त्रीलाई स्वागत गर्न खादा बोकेर सिंहदरबार पुगेका माओवादी संगठनका कर्मचारीहरुले गत बैशाखमा गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पदीय जिम्मेवारी लिन बैंकमा फर्किंदा भने स्वागत नगरेको एमाले कर्मचारी संघका एक जना पदाधिकारीले बताए । ‘अहिले हामी अर्थ मन्त्रालय नगएझैं उनीहरु पनि त्यो बेला गभर्नरको स्वागतमा देखिएका थिएनन्,’ उनले भने ।

केही समयदेखि सौहार्द्रपूर्ण सम्बन्ध नभएका मन्त्री र गभर्नरबीच भने पछिल्लो ३६ घण्टासम्म भेटघाट भएको छैन । मुलुकको आर्थिक र बैंकिङ गतिविधिको बारेमा जानकारी लिनुपर्ने अर्थमन्त्रीले अस्ति साँझदेखि मन्त्रीको कुर्सीमा बसेपनि त्यसबारे यो अवधिमा पनि कुनै पहल गरेको देखिँदैन ।

टिप्पणीहरू