दरबन्दीभन्दा बढी शिक्षक नियुक्त गर्न नपाइने

दरबन्दीभन्दा बढी शिक्षक नियुक्त गर्न नपाइने

सरकारले स्वीकृत बजेट र अनुदान कोटाभन्दा बढी शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट र दरबन्दीभन्दा बढी शिक्षक नियुक्त नगर्न निर्देशन दिएको हो ।

केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै माध्यमिक तह र आधारभूत तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शीर्षक कार्यक्रममा अर्को व्यवस्था नभएसम्मका लागि निर्णय कार्यान्वयनमा नलैजान भनेको छ ।

टिप्पणीहरू