अस्पतालमा भीषण आगलागी, आठको निधन

अस्पतालमा भीषण आगलागी, आठको निधन

भारतको मध्य प्रदेशको जबलपुरस्थित एक निजी अस्पतालमा भीषण आगलागी भएको छ । आज दिउँसो ३ बजे चाँदल भाटा क्षेत्रमा रहेको न्यु लाइफ मल्टिस्पेसालिटी अस्पतालमा आगलागी भएको हो ।

आगलागीमा आठ जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइतेलाई उपचारका लागि अन्य अस्पतालमा भर्ना गरिएको छ ।

अझै पनि घाइतेको यकिन संख्या खुल्न सकेको छैन । मृत्यु हुने आठ जनामध्ये चार जना अस्पतालकै कर्मचारी हुन् । अस्पतालमा भएका सबैलाई बाहिर निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टिप्पणीहरू