बुलेट प्रुफ कार चढेका सलमानले हतियार बोक्ने

बुलेट प्रुफ कार चढेका सलमानले हतियार बोक्ने

बलिउड अभिनेता सलमान खानले आफ्नो सुरक्षाको निम्ति हतियार राख्ने अनुमति पाएका छन् ।सालमानले केही दिनअघि आत्मरक्षाका लागि हतियार राख्ने अनुमतिको लागि मुम्बई पुलिसमा निवेदन दिएका थिए ।

खान परिवारलाई पन्जाबी गायक सिद्धु मुसेवालाको जस्तै हालत बनाइदिने भन्दै ग्याङ स्टार लरेन्स विश्नोईबाट ज्यान मार्ने धम्की आएपछि उक्त निर्णय गरिएको हो । उनले केही दिन अघि आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सट्टा बुलेट प्रुफ कार खरिद गरेका थिए ।

प्रहरीको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको छ । सुपारी पाएका सुटर मुम्बइसम्म पुगेको बताइन्छ । लरेन्सको टोलीले बनाएको योजना बाहिरिएपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको छ ।

टिप्पणीहरू