कोरोना संक्रमितको निःशुल्क उपचार गरिने « Jana Aastha News Online
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022
Logo
९ आश्विन २०७९, आईतवार
|  Sun Sep 25 2022

कोरोना संक्रमितको निःशुल्क उपचार गरिने

प्रकाशित मिति :  १६ श्रावण २०७९, सोमबार २०:३०


सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ । संक्रमण बढ्दै गएपछि मन्त्रालयले मुलुकभरका १७ वटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको हो ।

सात वटै प्रदेशमा निःशुल्क उपचारका लागि अस्पताल छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत असार ३१ गतेको निर्णयानुसार कोरोना संक्रमणका मध्यम र गम्भीर अवस्थाका बिरामीले तोकिएको अस्पतालमा उपचार गर्दा शुल्क तिर्नुपर्ने छैन ।

प्रदेश नम्बर १ मा कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशको जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालमा निःशुल्क उपचार गरिने छ । त्यसैगरि बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वाविद्यालय शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलागिरी अस्पताल र लुम्बिनीमा लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पताललाई तोकिएको छ ।

कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिमको डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा उपचार गराउने बिरामीले रकम तिर्नुपर्ने छैन । कोरोनाको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई अनुदान रकम दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !