अविरल वर्षापछि पोखराको कमलपोखरी क्षेत्र डुब्यो

अविरल वर्षापछि पोखराको कमलपोखरी क्षेत्र डुब्यो

हिजो साँझ देखिको अविरल वर्षाका कारण पोखराको कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मुसलधारे वर्षाका कारण सयौँ घर डुबानमा परेका हुन् ।

पोखरामहानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले कमलपोखरी क्षेत्र जलमग्न भएको जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएका कारण जनजीवन अस्तव्यस्त भएको ‘जनआस्था’ सँगको कुराकानीमा बताए ।

बरालका अनुसार रातिदेखि नै सो क्षेत्र डुबानमा परेको हो । सो क्षेत्रमा प्रायः वर्षैपिच्छे यो मौसममा डुबानको समस्या देखिने गरेको बताइन्छ ।

जल तथा मौसम विज्ञान विभागले पनि उक्त क्षेत्रमा थप वर्षाको सम्भावना देखाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । गण्डकी प्रदेशका कास्की, बागलुङ, तनहुँ, गोरखा र आसपासका धेरै स्थानमा ठूलो वर्षा भएको विभागले जनाएको छ ।

टिप्पणीहरू