ट्रकको ठक्करपछि मोटरसाइकलमा आगो, जलेर चालकको मृत्यु

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगो, जलेर चालकको मृत्यु

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका लाहा चोकका २७ वर्षीय नवराज नेपालीले हाँकेको ग.१७ प १९७० नम्बरको मोटरसाइकललाई ग.१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको हो । ठक्करपछि घाइते भएका नेपालीको मोटरसाइकलमा लागेको आगोबाट जलेर मृत्यु भएको बताइएको छ ।

कास्की प्रहरीका अनुसार ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको हो । उद्धारमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक नेपालीलाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल पुर्याएको हो । तर डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए ।

अस्पतालले पनि नेपालीको मृत्यु ट्रकको ठक्कर छि मोटरसाइकलमा लागेको आगलागीका कारण भएको बताएको छ । आगो निभाउने प्रयास गर्दा ट्रकमा सवार एक जना र ट्रक चालक पनि घाइते भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू