इरानमा भीषण बाढी, ५९ जनाको मृत्यु

इरानमा भीषण बाढी, ५९ जनाको मृत्यु

एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीका कारण इरानमा ५९ जनाको मृत्यु भएको छ । बाढीमा अन्य ३० जना बेपत्ता भएको जनाइएको छ ।

इरानका ६० वटा शहर, पाँच सय १६ वटा गाउँ र ८५ वटा सम्पर्क सडक बाढीबाट अति प्रभावित भएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हालसम्म एक हजार तीन सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

राष्ट्रपति इब्राहिम राइसीले सरकारी संयन्त्र, सामाजिक संघ संस्था र सर्वसाधारणलाई सम्भावित बाढीबाट थप जनधनको क्षति नहुनेतर्फ विशेष ध्यान दिन आग्रह गरेका छन् ।

टिप्पणीहरू