घाँटीमा सर्पले डसेका हेड सर बिते

घाँटीमा सर्पले डसेका हेड सर बिते

महोत्तरीको बर्दिबासमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माईस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको गएराति मृत्यु भएको हो ।

उनलाई सुतिरहेको अवस्थामा सर्पले घाँटीमा टोकेको थियो । सर्पले टोकेलगत्तै उनलाई गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्याए पनि अवस्था गम्भीर भएकाले भेन्टिलेटरको निम्ति उपचारार्थ जनकपुर पुर्याइएको थियो ।

तर जनकपुर प्रादेशिक अस्पतालमा पनि भेन्टिलेटरको उपचार नपाएपछि चिकित्सकले मृत घोषित गरेका हुन् ।

मृतक उक्त विद्यालयका संस्थापक प्रधानाध्यापक समेत हुन् ।

टिप्पणीहरू