नेपाल भारतीय भूमिमा भारतसँग भिड्दै

नेपाल भारतीय भूमिमा भारतसँग भिड्दै

साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा भइरहेको प्रतियोगितामा नेपालले भारतसँग भिड्न लागेको हो ।

यसअघिका दुई खेल जितेको नेपालले लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजना बनाएको छ । आज भारतलाई हराएमा नेपाल सोझै फाइनलमा पुग्ने छ ।

आज हुने नेपाल र भारतबीचको खेल साँझ सवा ७ बजे हुने बताइएको छ । यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकलाई ३–० गोलले पराजित गरेको थियो ।

पाँच टोलीले भाग लिएको प्रतियोगितामा नेपाल आजसम्म तालिकाको दोस्रो स्थानमा छ । बंगलादेश ९ अंकसहित शीर्षस्थानमा छ ।

तीन अंकका साथ भारत तेस्रो स्थानमा छ । माल्दिभ्स र श्रीलंकाले अहिलेसम्म कुनै अंक बटुल्न सकेका छैनन् ।

टिप्पणीहरू