अज्ञात रोगका कारण दार्चुलाको विद्यालय बन्द, परीक्षा स्थगित

अज्ञात रोगका कारण दार्चुलाको विद्यालय बन्द, परीक्षा स्थगित

अज्ञात रोग फैलिएपछि दार्चुलाको एउटा विद्यालय बन्द गरिएको छ । जिल्लाको खण्डेश्वरी माध्यमिक विद्यालय यो साताको लागि बन्द गरिएको हो ।

अपिहिमाल गाउँपालिका–४ को खण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीमा अज्ञात रोग देखिएको हो । गत बिहीबार बसेको शिक्षक तथा कर्मचारीहरुको संयुक्त बैठकले पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

उक्त विद्यालयका विद्यालयका विद्यार्थीमध्ये धेरैजसो छात्रामा गत सातादेखि छटपटाउने, रुने, कराउने, मुर्छा पर्ने लक्षण देखिएको हो ।

विद्यालय बन्द गर्ने निर्णयका कारण आजदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षासमेत स्थगित गरिएको छ ।

यसअघि लेकम गाउँपालिका–५ स्थित लटिनाथ नमुना माविका छात्रामा पनि यस्तै लक्षण देखिएको बताइन्छ । यस्तो समस्या छात्रमा भन्दा छात्रामा बढी पाइएको हो ।

टिप्पणीहरू