केपी ओलीसहित बाहिर गएका नेता, उपत्यका फिर्ता

केपी ओलीसहित बाहिर गएका नेता, उपत्यका फिर्ता

केही दिनदेखि राजधानीबाट बाहिर गएका विभिन्न दलका शीर्ष नेता, पूर्वमन्त्री तथा सांसदहरुमध्ये धेरै जना हिजो फर्केका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली,पूर्व सभामुख सुवास नेम्वाङसहित एमालेको १६ सदस्यीय टोली हिजो दिउँसो साढे ३ बजे भद्रपुरबाट सौर्य एअरको उडानमा काठमाडौं फर्केको छ ।

त्यसैगरी हिजै पूर्व गृहमन्त्री तथा एमाले नेता खगराज अधिकारी पनि गुण एअरलाइन्सको उडानमा दिउँसो सवा ४ बजे काठमाडौं उत्रिनुभएको छ । उहाँ भैरहवाबाट आउनुभएको हो ।

अस्ति पोखरा पुगेको काठमाडौं महानगरपालिकाको टोली पनि हिजो फर्केको छ । मेयर बालेन साहको टोली अपरान्ह ५ बजे काठमाडौं आएको हो । मेयर बुद्ध एअरको उडानमा राजधानी फर्कनुभएको बताइएको छ ।

त्यस्तै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि हिजै भैरहवाबाट काठमाडौं आउनुभएको छ । उहाँ बुद्ध एअरको उडानमा साँझ साँझ ५ बजे आउनुभएको थियो ।

टिप्पणीहरू