प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर बिच विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अविसेक राजथलाद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।

फार्मेसी, ऐस्थेटिक, इ.सी.जी, रेडियोलोजी (यु.एस्.जी तथा ई.सी.ओ) सेवामा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ । यसका साथै २ हजार रुपैयाँ भन्दा बढिको औषधी खरीद गर्ने, समर्पण हेल्थ केयर सेन्टर देखि २ कि. मि.को दुरी भित्र रहनुहुने ग्राहक महानुभावहरुलाई होम डेलिभरीको व्यवस्था गरिएको छ ।

उक्त सम्झौता अन्तर्गत समर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

टिप्पणीहरू