केन्द्रको बैठक बोलाउन अझै कञ्जुस्याइँ

केन्द्रको बैठक बोलाउन अझै कञ्जुस्याइँ

आफूले जे गरे पनि ठीक, अरुले गर्दा बेठीक भन्ने नीति देशकै ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अंगालेका कारण धेरै विषयमा विवाद सिर्जना हुने गरेको छ । पछिल्लो समय नागरिकता विधेयकमा पनि एमालेले यही नीतिलाई अख्तियार गरेको छ ।

प्रधानमन्त्री पद धर्मर हुन लागेको बेला नागरिकता विधेयक ल्याएर र मधेसवादी दललाई समान हैसियत दिएर भए पनि ओलीले सत्ता टिकाउन खोज्नुभएको थियो । तत्कालीन नेकपाका नेताहरूलाई भाउ नदिने ओलीको अहमताका कारण दुई तिहाइको आफ्नै सरकार बचाउन राजेन्द्रप्रसाद महतो, महन्थ ठाकुरहरूजस्ता सत्ता साझेदार प्रकट भए ।

व्यक्तिगत इगो साँध्न गरिएको यो प्रपञ्चले मुलुकको राजनीतिलाई गम्भीर मोडमा पु¥यायो । र, बारम्बार उठ्ने नागरिकता विधेयकलाई टुंगोमा पु¥याउन वर्तमान सरकारले नागरिकता विधेयक संसदबाट पारित गरेको अवस्था छ । यो विधेयक पारित भएसँगै अहिले केही एमाले नेताले निकै चर्को आवाज उठाएका छन् ।

जहाँ विरोध गर्नुपर्ने हो, जहाँबाट पारित गर्न रोक्नुपर्ने हो त्यो संसद्मा कुनै पनि संवेशनशील विषयबारे चुइँक्क नबोल्ने, विरोध नगर्ने तर सडकमा ओर्लिएर ‘घोर राष्ट्रवादी’बन्ने प्रवृत्तिले सबैलाई घाटा हुन्छ । भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ अर्थात् सामाजिक र साँस्कृतिक नाता गहिरो छ । पञ्चायतकालदेखि नै औपचारिक वा अनौपचारिक रूपमा विवाह गरेर आउने बुहारीहरूलाई नागरिकता दिइएकै हो ।

कानुनमा उल्लेख नभए पनि व्यावहारिक रूपमा ‘बुहारी’हरूले नागरिकता पाएकै थिए । यसलाई कानुनी रूपमा स्पष्ट रूपमा व्याख्या गरेको भने कतै पाइँदैनथ्यो । तर अहिलेको विधेयकले धेरै कुरा प्रष्ट पार्न खोजेको छ । एमाले सरकारमा हुँदा पनि यही अध्यादेश ल्याइएको थियो ।

नागरिकता विधेयक पारित हुनुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको भारत भ्रमणसँग जोडेर अपव्याख्या गर्नु पनि राजनीतिक दाउपेच नै हो । प्रचण्ड फर्किंदा शंकास्पद भन्नेहरूले यदि ओलीले भ्रमण सकेर आउँदा भारतले विश्वास ग¥यो भनी सोही विधेयकको स्वागतमा कुर्लन्थे भन्ने कल्पना गर्न पनि लाजमर्दो हुन्छ । एमसीसीको बेलामा पनि अनेक रमिता गरेर पास गराउन महत्वपूर्ण भूमिका खेलिएकै हो ।

तर, पास भएपछि अब के के हुन्छ के–के हुन्छ भन्दै नकारात्मक प्रचारमा ओर्लिएको देखियो । एमालेजस्तो जिम्मेवार दलको यही कमजोरीका कारण वामपन्थी कार्यकर्ताहरू निराश बन्दै छन् । संसद्मा बजेट पास गरेपछि अनेकथरीका कुरा झिकेर सडक र संसदको कामलाई अवरुद्ध गर्ने काम पनि यसबीच भएको छ ।

बिहे गरेर आउनु भनेको देश कब्जा गर्न आउनु होइन, बागमती प्रदेशको कार्यक्रममा ४८ जना संगठित सदस्य भएको ठाउँबाट २४ भोट मत किन आयो भनेर कार्यकर्ताको सात्तो टिप्ने अध्यक्ष ओलीले किन यस्तो भयो भनेर आफैँसँग प्रतिप्रश्न गर्न नसकेको अवस्था छ । एमालेले आफूलाई सच्याउँदै राजनीतिक दलजस्तै जिम्मेवार बनाउनुपर्ने माग राष्ट्रवादी पंक्तिबाट उठिरहेकै छ ।

तर, यसबीच उठेको यावत् प्रश्नको जवाफ खोज्न केन्द्रीय कमिटीको बैठक, सामूहिक छलफलको खाँचो त्यहाँ महसुस भएको पाइन्न ।

टिप्पणीहरू