माओवादी सांसद गजेन्द्र महतले पत्ता लगाए एम.अधिकारी

माओवादी सांसद गजेन्द्र महतले पत्ता लगाए एम.अधिकारी

माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एम. अधिकारी आफूले पत्ता लगाएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै महतले संसद र सडकमा यतिधेरै चर्चा हुँदा पनि एम. अधिकारीको परिवार र उनको पार्टीले खोजी नगरेकाले आफूले खोजेर पत्ता लगाएको दाबी गरे ।

उनले भने, ‘एउटा सांसदको नाताले मैले त खोज्नै पर्यो भनेर रातदिन खोज्न लागेँ । मैले प्रमाण पनि भेटाएँ,’ उनले आफूले फेला पारेको एम. अधिकारीबारे प्रष्ट पार्दै भने, ‘एम भनेको मनि रहेछ । मनि भनेको पैसा, ढुकुटी, रुपैयाँ हो । अधिकारी भनेको अधिकार भएको मान्छे हो । पैसामा अधिकार भएको मान्छे अर्थात् ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझिँदो रहेछ ।’

उनले अझै थपे, ‘ढुकुटीमा अधिकार भएको मान्छे को रहेछ भनेर हेर्दा तिनी गभर्नर पो रहेछन् । गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम. अधिकारी भनिँदो रहेछ ।’

टिप्पणीहरू