यसकारण सलमानले किने ‘बुलेट प्रुफ’ गाडी

बलिउड स्टार तथा अभिनेता सलमान खानले अर्का ग्याङ्गस्टर लरेन्स बिस्नोइबाट ज्यान मार्ने धम्की आएसँगै ‘बुलेट प्रुफ’ गाडी खरिद गरेका छन् ।
पन्जाबी गायक सिध्दु मुसेवालाका हत्या आरोपी लरेन्सको ग्याङ्गले खान परिवारको ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशित भएपछि उनले त्यस्तो महँगो गाडी किनेको बताइएको छ ।
उक्त ग्याङले सलमानको हत्याका लागि सुटरसमेत मुम्बई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । हत्याका लागि सुटर मुम्बईसम्म आएको सूचना पाएपछि प्रहरीले सलमानको सुरक्षा कडा पारेको छ ।
उनले बुलेट प्रुफ गाडीसँगै आफ्नो सुरक्षाको निम्ति हतियारधारी सुरक्षाकर्मीसमेत साथै लिएर हिँड्न थालेका छन् ।
टिप्पणीहरू