माल्दिभ्सका सेनाध्यक्षपछि राष्ट्रपति भारत जाँदै

माल्दिभ्सका सेनाध्यक्षपछि राष्ट्रपति भारत जाँदै

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले आगामी अगस्त १ देखि भारतको चार दिने भ्रमण गर्न लागेका छन् । अहिले भारतको छ दिने भ्रमणमा रहेका त्यहाँका सेनाध्यक्ष फर्केपछि राष्ट्रपति नयाँ दिल्ली जान लागेका हुन् ।

राष्ट्रपति इब्राहिम सोलिहले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच व्यापक साझेदारीमा भएका प्रगतिको समीक्षा गर्न भारत भ्रमण गर्न लागेको बताइएको छ ।

सोलिह भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्ने पहिलो विदेशी राष्ट्राध्यक्ष हुनेछन् । सोलिहले मुम्बई,महाराष्ट्रको भ्रमण गरेर व्यापारिक प्रतिनिधिमण्डलसँग कुराकानी गर्ने कार्यक्रम रहेको माल्दिभ्सको विदेश मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू