पेरिस डाँडामा माओवादी बैठक चलेको चल्यै

पेरिस डाँडामा माओवादी बैठक चलेको चल्यै

हिजो स्थगित नेकपा माओवादी केन्द्र स्थायी समितिको दोस्रो दिनको बैठक शुरु भएको छ । पार्टी मुख्यालय,पेरिस डाँडामा बोलाइएको बैठक भर्खरै बस्न थालेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा एक दर्जन बढी नेताको सहभागिता छ । अन्य नेता आउने क्रम जारी रहेको बताइन्छ ।

बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ,देव गुरुङ,पम्फा भुसाल (ऊर्जामन्त्री),प्रभु साह, दिनानाथ शर्मा,शक्ति बस्नेत पुगिसक्नुभएको छ । त्यसैगरी शिक्षामन्त्री देवेन्द्र पौडेल,हरिबोल गजुरेल,कृष्णबहादुर महरा,लीलामणि पोखरेल,जनार्दन शर्मा र वर्षमान पुनको पनि उपस्थिति छ ।

अन्य बाँकी नेता आउने क्रम जारी रहेको माओवादी स्रोतले बताएको छ ।

टिप्पणीहरू