उत्तर कोरियाले भन्यो : अमेरिकासँग सामना गर्न तयार

उत्तर कोरियाले भन्यो : अमेरिकासँग सामना गर्न तयार

अमेरिकाले हालै लगाएको आरोपको उत्तर कोरियाले कडा शव्दमा निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ताले ह्वाइट हाउसका उप राष्ट्रिय सुरक्षा सल्लाहकारले केही दिन अघि उत्तर कोरियालाई ‘अपराधीहरूको समूह’ संज्ञा दिँदै उसबाट ‘साइबर खतरा’ रहेको बताएको जवाफमा उक्त खण्डन गरेका हुन् ।

अमेरिकाले जुलाई २० मा दिएको उत्तेजक टिप्पणीले कोरियाविरुद्धको शत्रुतामा फसेको वर्तमान अमेरिकी प्रशासनको अडानलाई प्रतिनिधित्व गरेको उसको भनाइ छ ।

अमेरिकी उक्त भनाइ उसको सबैभन्दा खराब शत्रुतापूर्ण नीति रहेको कोरियाको निश्कर्ष छ । कूटनीतिक मर्यादाविपरीत अमेरिकाले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको उसले बताएको छ ।

जवाफमा उत्तर कोरियाले भनेको छ, ‘कथित अपराधीहरूको समूह अमेरिकासँग सामना गर्न तयार छ ।’

टिप्पणीहरू