नेयमारविरुद्ध भ्रष्टाचारको मुद्दा

नेयमारविरुद्ध भ्रष्टाचारको मुद्दा

ब्राजिलका चर्चित फुटबलर नेयमारमाथि भ्रष्टाचारको मुद्दा लाग्ने भएको छ । ३० वर्षीय ब्राजिलियन फरवार्ड नेयमारलाई क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध गर्दा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनीसँगै बार्सिलोनाका पूर्व अध्यक्षहरू जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्धसमेत मुद्दा दर्ता दायर हुने जनाइएको छ ।

ब्राजिलको फुटबल क्लब डीआईएसले सात वर्षअघि दायर गरेको उजुरीलाई मुद्दाको रूपमा दर्ता गर्न लागिएको हो । नेयमारविरुद्ध दुई वर्षको जेल सजाय र साढे आठ मिलियन पाउन्ड जरिवानाको मागसहित अक्टोबर १७ मा बार्सिलोनाको एक अदालतमा मुद्दा दर्ता गरिने स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

२०१७ देखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध रहेका छन् । उनीमाथि मुद्दा चलाउने तयारी भएको बताइन्छ ।नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोनामा अनुबन्धित भएका थिए । बार्सिलोनाले १४ मिलियन पाउन्डमा अनुबन्धित गरेको थियो । तर, खुलाइएको रकमभन्दा बढीमा सम्झौता गरिएको भन्दै भ्रष्टाचारको आरोप लागेको हो ।

टिप्पणीहरू