जीतको मात्रै कुरो गर्ने एमाले अध्यक्षले आज हारको प्रसंंग निकाल्नुभयो

जीतको मात्रै कुरो गर्ने एमाले अध्यक्षले आज हारको प्रसंंग निकाल्नुभयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गृहनगर झापा पुगेर निर्वाचनमा पराजय भएको सन्दर्भ निकाल्नुभएको छ । २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि कार्यकताले पछुताउनु परेको क्षण स्मरण गराउनुभएको छ ।

उहाँले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा पनि प्रवृत्ति दोहोर्याए राम्रो नहुने चेतावनी पनि दिनुभएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहोर्याएर गल्ती गर्ने छुट नभएको उहाँको भनाइ छ ।

‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर जिताएर पठाएको मान्छे आज कहाँ छ ?’ चुनाव सकिएको केही समयपछि आफूलाई हराउने साथीहरु पछुताएको उहाँको ठहर छ ।

गत स्थानीय निर्वाचनमा दमक नगरपालिकामा एमाले उम्मेदवार हार्नुको कारण सोध्दै उहाँले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको आक्रोश पनि व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू