प्रचण्डको क्लिएरकट कुरा : एमालेसँग गठबन्धन हुँदैन

प्रचण्डको क्लिएरकट कुरा : एमालेसँग गठबन्धन हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने प्रष्ट पार्नुभएको छ । आज बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै उहाँले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताउनुभएको हो ।

सो क्रममा प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन नै चुनावसम्म कायम रहने भएकाले दायाँ बायाँ नसोच्न पनि नेताहरुलाई आग्रह गर्नुभयो । यद्यपि एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउनेबारे भने छलफल चलिरहेको उहाँको भनाई छ ।

त्यसअघि बैठकमा नेताहरुले पाँच दलीय गठबन्धन, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीतिलगायत समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । त्यस्तै, पदाधिकारी चयनबारे पनि नेताहरुले कुरा राखेको बताइएको छ ।

माओवादी स्थायी समिति बैठक भोलि पनि बस्दैछ ।

टिप्पणीहरू