यी दुई महिला किन किराफट्यांग्रा समात्छन् ?

यी दुई महिला किन किराफट्यांग्रा समात्छन् ?

चिनियाँ वैज्ञानिकहरूले आइतवारबाट उत्तरपश्चिम चीनको छिङघाइ प्रान्तस्थित याङ्त्जे र लान्काङ नदी आसपास क्षेत्रको जलस्रोत र वातावरणको खोजी गर्ने अभियान शुरु गरेका छन्।

झाङ गुओयु र फान यादोङ यो वैज्ञानिक खोजी अभियान टोलीका महिला सदस्य हुन् । यिनीहरुको काम र कर्तव्य छुट्टयाईएको छ,त्यो हो जैविक विविधता सर्वेक्षणका लागि किराफट्यांग्रा समात्नु । यिनीहरु आफ्नो कर्तव्य पूरा गर्न दिनरात नभनी याङ्त्जे र लान्काङ नदीहरूको सतही क्षेत्रमा दिनरात खटिन्छन् भने छिङ्हाई-तिब्बत उचाईको चिसो हावाको समेत पर्वाह गर्दैनन् ।

यस अभियानले जलस्रोत,नदी जलविज्ञान,जलको परिस्थिति, हिमनदी,माटोको क्षय र यस क्षेत्रको भूबनोट लगायतका विषयमा वैज्ञानिक अनुसन्धान गर्ने कुरा यस अभियानको नेतृत्व गरिरहेको चाङजियाङ जलस्रोत आयोगको “चाङजियाङ नदी वैज्ञानिक अनुसन्धान संस्थान” (CRSRI) ले जनाएको छ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू